• २०८१ पौष १२ शुक्रबार

माधव नेपाललाई ओलीको कटाक्ष: परार बनेको पार्टीले संबिधानको चिन्ता लिनुपर्दैन

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई संविधानको चिन्ता नगर्न आग्रह गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आफूले राखेको विश्वासको मतसम्बन्धीको प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले माधव नेपालप्रति संकेत गर्दै परार बनेको पार्टीले संबिधानको चिन्ता नगर्न आग्रह गरेका हुन् ।

उनले भने- ‘परार बनेको पार्टीले संविधानको चिन्ता लिनुपर्दैन । हामीले लिन्छौं । संविधान र लोकतन्त्रको जिम्मा हामीलाई छाडिदिनुस् ।'

यसअघि संसदमा बोल्दै  एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीबाट संविधान खतरा रहेको टिप्पणी गरेका थिए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै