• २०८१ भदौ २३ आइतबार

पाकिस्तानलाई हराउदै श्रीलंका महिला एशिया कपको फाइनलमा

kharibot

काठमाडौँ । श्रीलंका जारी महिला एशिया कपको फाइनलमा पुगेको छ । शुक्रबार राती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको १४१ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाउदै १४० रन बनाएको थियो ।

योजितपछि श्रीलंकाले फाइनलमा भारतको सामना गर्ने छ । शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो । अब फाइनल खेल आइतबार हुने छ ।

यो हारसँगै पाकिस्तानको एशिया कप यात्रा टुंगिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै