• २०८१ जेठ ४ शुक्रबार

मेनुका पौडेलको 'सलार’को गीत रिलिज

kharibot

काठमाडौँ । साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘सलार’मा नेपालकी गायिका मेनुका पौडेलको पार्श्व गायन रहेको गीत सार्वजनिक भएको छ ।

बुधबार साँझ निर्माण कम्पनी हम्बेल फिल्म्सको युट्युब च्यानलमा सार्वजनिक भएको ‘सूरज ही छाँव बनके’ बोलको हिन्दी संस्करणको गीतमा उनको स्वर समावेश छ । मेनुकाले गत हप्ता मात्रै यो गीत मुम्बईस्थित एक स्टुडियोमा रेकर्ड गराएकी थिइन् ।

गीतमा रवि बसरुरको संगीत रहेको छ भने रिया मुर्खजीको शब्द रचना छ । युट्युबमा सार्वजनिक गीतमा फिल्मभित्रका चल/अचल दृश्यहरु समावेश छन् । मेनुकाले पहिलोपटक भारतीय फिल्मको गीतमा पार्श्व गायनको मौका पाएकी हुन् । यसलाई उनले आफ्नो गायन करिअरको टर्निङ पोइन्ट भनेकी छन् । अहिले उनी ‘इन्डियन आइडल’मा टप १४ मा पुगेर शनदार प्रस्तुती दिइरहेकी छन् ।

यस गीतले रिलिजको १४ घण्टामा १५ लाख भन्दा बढी भ्युज पाएको छ । 


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै