• २०८१ बैशाख २२ शनिबार

मेनुका पौडेलले पाइन् प्रभासको फिल्म 'सलार' मा गायनको अवसर

kharibot

काठमाडौँ । भारतीय टेलिभिजनको रियालिटी शो ‘इन्डियन आइडल’ मा शानदार प्रस्तुति दिइरहेकी नेपाली गायिका मेनुका पौडेलले बलिवुडको फिल्म‘सलार’ मा पार्श्व गायनको अवसर पाएकी छन् ।

बाहुबली फेम प्रभासको फिल्म सलारको गित गाउने अवसर पाएकी हुन् । आइतबार राति सोनी टेलिभिजनमा प्रशारण भएको शोमा मेनुकाले आफूले ‘सलार’मा गीत गाउने अवसर पाएको बताएकी छन् ।

आइतबारको एपिसोडमा मेनुकाले स्टुडियो पुगेर गीत गाएको भाग समेत प्रशारण गरिएको थियो । मेनुकाले संगीतकार रवि बसरुरको संगीतमा ‘सलार’को हिन्दी भर्सनका लागि गित रेकर्ड गरेकी हुन् ।

भारतीय फिल्ममा गायनको अवसर पाएपछि मेनुकाले भनिन्- ‘म आज एकदमै उत्साहित छु । किनभने, मलाई फिल्ममा गाउनका लागि अवसर मिलेको छ । यो ‘सलार’ फिल्मको गीत हो । यो मेरो पहिलो टर्निङ पोइन्ट हो ।’ मेनुका अहिले ‘इन्डियन आइडल’को ‘टप १४’मा पुगिसकेकी छन् ।

झापा बिर्तामोडकी मेनुकाले २०७४ सालमा नेपालको गायन रियालिटी शो ‘नेपाल आइडल’मा समेत भाग लिएकी थिइन् । तर उनी शीर्ष ११ बाट बाहिरिएकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै