• २०८१ जेठ ३ बिहीबार

इन्डियन आइडलबाट बाहिरिइन् मेनुका

kharibot

काठमाडौं । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ बाट मेनुका पौडेल बाहिरिएकी छन् । आइतबार ‘इन्डियन आइडल–१४’ को शीर्ष १० बाट मेनुका बाहिरिएकी हुन् ।

मेनुकाले सामाजिक सञ्जालबाट आफू इन्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् । उनले भनेकी छन्- 'आज मेरो इन्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ । यो मेरो सुरुवात हो, अन्त्य होइन ।' उनले आफूलाई दर्शकले गरेको मायाप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएकी छन् ।

मेनुकाले पछिल्ला प्रस्तुतिका क्रममा गितका लाइन बिर्सेपछि निर्णायकहरुले असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरुले प्रतिष्पर्धामा गीतको लाइन पटक पटक बिर्सनुलाई नजरअन्दाज गर्न नसकिने र अन्य प्रतिष्पर्धीलाई अन्याय गर्न नहुने टिप्पणी गरेका थिए ।

मेनुकाले इन्डियन आइडलकै क्रममा बलिवुडका सुपरस्टार प्रभासको फिल्म सलारमा समेत आफ्नो आवाज दिएकी छन् ।

  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै