• २०८१ बैशाख १७ सोमबार

जब रणवीर कपुरले छोए नेपाली गायिका मेनुकाको खुट्टा...

kharibot

काठमाडौँ । बलिवुड अभिनेता रणवीर कपुरले भारतको चर्चित रियालिटी शो इन्डियन आइडलमा अगाडी बढिरहेकी नेपाली गायिका मेनुका पौडेलको खुटा छोएका छन् ।

आफ्नो नयाँ फिल्म एनिमलको प्रमोशनका लागि इन्डियन आइडल शो मा पुगेका अभिनेता रणवीरले मेनुकाको गीत सुने पछि स्टेजमा गएर उनको खुट्टा छोएका हुन् ।

सोनी टिभीले जारी गरेको प्रोमो भिडियोमा रणवीरले मेनुकाको खुट्टा छोएर उनको गायनको प्रशंसा गरेको देख्न सकिन्छ ।

मेनुकाले रणवीरको फिल्म तमाशा फिल्मको गीत ...अगर तुम साथ हो' भन्ने गीत गाएकी थिइन् । गीत सुनेपछि रणवीरले मेनुकालाई संगीतकी देवी भनेर प्रसंशा गरेका थिए ।

अहिले इन्डियन आइडलको १४औं सिजन जारी रहेको छ र मेनुका अहिले टप १४ मा रहेकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै