• २०८१ भदौ २३ आइतबार

एचआइभी एड्सबाट २०२३ मा हरेक मिनेटमा कम्तिमा एक जनाको मृत्यु !

kharibot

काठमाडौँ । गत वर्ष विश्वका करिब ४ करोड मानिसमा एड्स निम्त्याउने एचआइभी भाइरस भेटिएको थियो । जसमध्ये ९० लाख मानिसले यसको उपचार पाउन सकेका छैनन् । जसका कारण हरेक मिनेटमा कुनै न कुनै बिरामी एड्सका कारण मरिरहेका थिए । संयुक्त राष्ट्रसंघले सार्बजनिक गरेको आफ्नो पछिल्लो प्रतिवेदनमा यस्तो खुलासा गरेको हो । 

विश्वमा एड्सको महामारी अन्त्य गर्ने दिशामा प्रगति भइरहेको अवस्थामा यो अवस्था हो । राष्ट्रसंघको प्रतिवेदनले अहिले यसको प्रगतिको गति सुस्त हुन थालेको देखाएको छ । यसको कारण रकमको अभाव हो । जसका कारण मध्यपूर्व, उत्तर अफ्रिका, पूर्वी युरोप, मध्य एसिया र ल्याटिन अमेरिका गरी तीनवटा नयाँ क्षेत्रमा यसको संक्रमण बढ्दै गएको छ ।

सन् २०२३ मा एड्स सम्बन्धी रोगबाट करिब ६ लाख ३० हजार मानिसको मृत्यु भएको छ । यो सन् २००४ मा भएको २१ लाखको मृत्युभन्दा निकै कम हो । महामारीको अन्त्यका लागि विश्वव्यापी प्रयासहरूको नेतृत्व गर्ने संयुक्त राष्ट्र संघको एजेन्सी युएनएड्सको एक प्रतिवेदन अनुसार पछिल्लो तथ्याङ्क २०२५ का लागि तय गरिएको २ लाख ५० हजार कम मृत्युको लक्ष्यभन्दा दोब्बर हो।

युएनएडसका कार्यकारी निर्देशक विन्नी ब्यानिमाले विश्वका नेताहरूले सन् २०३० सम्ममा एड्स अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । तर रिपोर्टमा२०२३ मा नयाँ संक्रमण तीन गुणा भन्दा बढी अर्थात १३ लाख रहेको उल्लेख छ । लैङ्गिक असमानताले अफ्रिकाका केही भागहरूमा किशोर किशोरी र युवतीहरूमा एचआईभीका घटनाहरू बढाएको छ ।
विश्वव्यापी रूपमा सीमान्तकृत समुदायहरूमा नयाँ संक्रमणको अनुपात २०१० मा ४५ प्रतिशतबाट बढेर २०२३ मा ५५ प्रतिशत भएको छ ।

एड्सविरुद्ध एक वर्षको लागि दुई इन्जेक्सनको लागत ४० हजार डलर रहेकोले यो आम मानिसको पहुँच बाहिर रहेका कारण ठुलो संख्याले उपचार पाउन सकेका छैनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै