• २०८१ पौष २३ मंगलबार

यस बर्षको एसईई परीक्षा चैत १५ गतेदेखि (तालिकासहित)

kharibot

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको परीक्षा तालिका सार्बजनिक गरेको छ । 

यस बर्षको एसईई परीक्षा चैत १५ गते बिहीबारदेखि शुरु हुने बोर्डले तालिका सार्बजनिक गरेको हो । एसईई परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने छ भने यस परीक्षामा ४ लाख ८९ हजार परीक्षार्थीले सहभागी हुदै छन् ।

यसपटक एसईईमा सहभागी हुने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गरिरहेका छन् । यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली लागू हुँदैछ । जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन् ।

दुई विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडिवृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी एनजी आए अर्को वर्ष ती विषयको परीक्षा दिनुपर्नेछ । कक्षा १२ मा गत दुई वर्षदेखि नै उक्त प्रणाली लागु भइसकेको छ ।

यसअघि सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर विद्यार्थीलाई न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थीले ग्रेड प्राप्त गर्ने व्यवस्था थियो । २०७६ देखि विद्यालय तह कक्षा १–१२ मा नयाँ पाठ्यक्रम लागू भएसँगै मूल्यांकनमा पनि पाठ्यक्रम विकास केन्द्रले नयाँ ग्रेडिङ प्रणाली लागू भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै