काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान बिना अपुरो फाइल पेश नगर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै सभापति लामिछानेले सिआइबीलाई गैरकानुनी आदेश नमान्न आग्रह गर्दै ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान बिना अपुरो फाइल पेश नगर्न आग्रह गरेका हुन् ।
उनले भनेका छन्-
CIB ले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश नगरोस् । गृहमन्त्री ज्यु, केही त गडबड छ.. ठुलै गडबड छ ।