• २०८१ बैशाख २० बिहीबार

ललिता निवास जग्गा प्रकरण: कर्मचारी र बिचौलीया दोषी, राजनीतिक नेतृत्वलाई सफाई

kharibot

काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा कर्मचारी र बिचौली दोषी ठहर भएका छन् भने राजनीतिक नेतृत्वले सफाई पाएका छन् ।

जग्गा हिनाबिना प्रकरणमा विशेष अदालतले विहिबार फैसला सुनाउदै तत्कालीन कर्मचारी र बिचौलियाहरुलाई दोषी ठहर गरेको छ भने राजनीतिक नेतृत्वलाई सफाई दिएको हो ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो ।

दोषी ठहर हुनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेको छन् । त्यस्तै विशेष अदालतले राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ । सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरेको छ ।
नक्कली मोही खडा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयका सचिव छविराज पन्त पनि दोषी ठहर भएका छन् ।  त्यस्तै भाटभटेनी सुपर मार्केटका मालिक मिनबहादुर गुरुङलाई पनि दोषी ठहर गर्दै २ बर्षको जेल सजाय र ८० लाग जरिवाना गरेको छ ।  

छविराज पन्त र दीप बस्न्यातसहित तत्कालीन मालपोत र भूमिसुधार कर्मचारीलाई १९ रोपनी जग्गा हिनामिनामा ९ करोडभन्दा बढी हानि-नोक्सानी गरेको अदालतले ठहर गरेको छ । उनीहरुसँग दामासाही ८० लाख बिगो असुल उपर गर्ने र दुई वर्ष कैद सजाय तोक्ने निर्णय भएको छ । 

विशेष अदालतले मन्त्रिपरिषद्को निर्णयको आवरणमा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारीसहित सुवर्णशमशेरको परिवारलाई पनि दोषी ठहर गरेको छ । अदालतले सुरुमा उक्त जग्गा व्यक्तिको नाममा लैजाने भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकामध्ये हेमाद्रीशमशेर राणालाई भने सफाइ दिएको छ ।

यस्तै विशेष अदालतले ललितानिवास जग्गा प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठ, चन्द्रदेव जोशी र पूर्वसचिव दिनेशहरि अधिकारीको आरोप दाबी पुग्न नसकेको ठहर गर्दै सफाइ दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै