काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बनेपाको चार दोबाटोमा नयाँ शाखा विस्तार गरेको छ ।
सोमबार कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डेले शाखाको समुद्घाटन गरेका छन् । अध्यक्ष पाण्डेले कम्पनीले हाल सम्म गरेको उपलव्धी र भावी कार्य योजना अनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यता अनुरुपको नविनतम योजनाहरु ल्याएर कम्पनीलाई सेवामुखी वनाउने कुरामा जोड दिए ।
समुद्घाटन कार्यकम्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बीमा वजारको संभाव्यता र कम्पनीको योजनाको बारेमा जानकारी गराएका थिए । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
साथै कम्पनीले यसअघि बजारमा प्रचलित सावधिक, अग्रीम भुक्तानी तथा आजीवन बीमाको सुविधा समेटिएको सिटिजन जीवन सारथी बीमा योजना बजारमा ल्याएको थियो ।
कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना ग्राहकवर्गलाई जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।