• २०८१ असार १६ आइतबार

गगन थापाको पक्षमा नेतृ झाँकी, आरोप लगाउनेले नै प्रमाणित गर्नुपर्छ !

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि लगाइएको आरोप प्रमाणको भार आरोप लगाउनेले नै पूरा गर्नुपर्ने बताएकी छन् । 

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री थापाले देशको गोप्य सूचना विदेशीलाई बेचेको र कृषि अनुदान लिएर हिनामिना गरेको आरोप लगाएपछि झाँकीको यस्तो टिप्पणी आएको हो । 

झाँक्रिले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतिक आईकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो । गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ । हेक्का रहोस ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै