• २०८१ असार ४ मंगलबार

गोर्खा ब्रुअरीद्वारा मटिहानीका आगलागी पिडितलाई राहत वितरण

kharibot

काठमाडौँ । गोर्खा ब्रुअरी प्रालि काठमाडौंद्वारा महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछी बस्तीका आगलागी पिडितलाई राहत वितरण गरेको छ ।

कुल १०५ आगलागी पिडित परिवारलाई राहत स्वरूप प्रति परिवार एक थान कम्बल र भेष्ट - १ थान वितरण गरिएको हो ।

सो राहत गोर्खा ब्रुअरीका सेल्स डाइरेक्टर काज़ीमान सुब्बा र मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले संयुक्त रुपमा वितरण गरेका हुन् । 

राहत वितरण कार्यक्रममा मटिहानी नगरपालिका-६ का वडा अध्यक्ष क़लीम अंसारी, जलेश्वर उद्योग वाणिज्य संघका महासचिव शिवचन्द्र चौधरी, गोर्खा ब्रुअरीका एरिया सेल्स इंचार्ज प्रदीप अधिकारी,  कृष्णा इन्टरप्राइजेज महोत्तरी जिल्ला डीलर प्रेमचन्द्र प्रसाद, इन्द्रा स्टोर धनुषा जिल्ला डिलर रामेश्वर साह, न्यू नायक ट्रेंडर्स मटिहानीका संचालक सुकेश कुमार नायक, र सूरज ट्रेंडर्स मटिहानीका संचालक अजय साह सुमित साहलगायतको उपस्थिति रहेको थियो 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै