• २०८१ बैशाख १९ बुधबार

सिटिजन लाइफ इन्स्योरेन्सको ललितपुरको पुल्चोकमा शाखा विस्तार 

kharibot

काठमाडौं  ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ललितपुरको पुल्चोकमा आफ्नो शाखा विस्तार गरेको छ । आइतबार एक कार्यक्रमका बीच कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डेले शाखाको उद्घाटन गरेका छन् । 

उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोशाकराज पाण्डेले कम्पनीको अवस्था, भावी कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।  यस शाखाको विस्तारपछि जनमानसमा बीमा पँहुच अभिवृद्धि गर्नमा सहयोग पुग्ने कम्पनीले विस्वास लिएको छ ।

यस शाखाको विस्तारपछि कम्पनीका अधिराज्यभर ३५ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु मार्फत सेवा पुर्याउदै आएको छ । 

कम्पनीले सबै थरिका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना पनि प्रचलनमा ल्याएको छ । कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना ग्राहकलाई जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

कम्पनीको हाल अधिकृत पुंजी ३ अर्ब र जारी पुंजी २.५० अर्ब मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम १.७५ अर्ब चुक्ता पुंजी रहेको छ भने निकट भविष्यमा ७५ करोडको सर्व साधारणको लागि शेयर जारी गरि चुक्ता पुंजी २.५० अर्ब पुर्याउने योजना रहेको कम्पनीले जनाएको छ 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै