• २०८१ बैशाख १९ बुधबार

सिटिजन लाइफ इन्स्योरेन्सको पोखरा शाखा विस्तार 

kharibot

काठमाडौँ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखराको पृथ्वी चोकमा नयाँ शाखा विस्तार गरेको छ ।

कम्पनीका ब्रान्ड एम्बेसेडरद्वय मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले गण्डकी प्रदेशका माननीय सामाजिक विकास मन्त्री श्रीमती नरदेवी पुन मगरको प्रमुख आतिथ्यमा शाखाको समुद्घाटन गरेका छन् । 

सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीले हाल सम्म गरेको उपलब्धी र भावी कार्य योजना अनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यकता अनुरुपको नविनतम योजनाहरु ल्याएर कम्पनीलाई सेवामुखी वनाउने कुरामा जोड दिए । 

समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबि फूंयालले बीमा वजारको संभाव्यता र कम्पनीको योजनाको बारेमा जानकारी गराएका थिए । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै कम्पनीले यसअघि बजारमा प्रचलित सावधिक, अग्रीम भुक्तानी तथा आजीवन बीमाको सुविधा समेटिएकोे सिटिजन जीवन सारथी बीमा योजना बजारमा ल्याएको थियो ।

कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना ग्राहकवर्गलाई जीवनबीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । कम्पनीले बीमा जागरण अभियान अन्तर्गत विद्यार्थीसँग बीमा नामक अभियान देशव्यापी रुपमा चलाउदैं आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै