• २०८१ असार १० सोमबार

बाबुरामको टिप्पणी- प्रचण्डले ज्ञानेन्द्रपथको अनुसरण गरे !

kharibot

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा, बाबुराम भट्टराईले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको विषयमा टिप्पणी गर्दै प्रचण्डले ज्ञानेन्द्र पथको अनुसरण गरेको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै डा. भट्टराईले प्रधानमन्त्री प्रचण्डले ज्ञानेन्द्रपथको अनुसरण गरेको बताएका हुन् ।

उनले भनेका छन्-     

अंग्रेजीमा एउटा भनाइ छ-‘ You should not only be good, you should appear to be good.’ जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन ।

झन् बिडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको वेला २०५८ जेठमा दरबार हत्याकाण्ड सम्बन्धी मेरो लेख छापे बापत् तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचणड लगायत हामीले त्यसको तीब्र विरोध गरेका थियौं! आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउॅमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा म अत्यन्त लज्जित छु !

प्रहरीले सिरोहियालाई आजै कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको छ ।

जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो । सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै