• २०८३ भदौ ३० मंगलबार

सम्पर्कविहिन हेलीकप्टरमा इरानका राष्ट्रपतिसहित विदेशमन्त्री पनि, अझै अवस्था अज्ञात

सम्पर्कविहिन हेलीकप्टरमा इरानका राष्ट्रपतिसहित विदेशमन्त्री पनि, अझै अवस्था अज्ञात

केहीबेर अघि दुर्घटनाग्रस्त क्षेत्र भनिएको ठाउमा पुगेका इरानका सुरक्षाकर्मी, तस्बीर: तेहरान टाइम्स

काठमाडौँ । इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको छ ।

इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रायसी र विदेशमन्त्री हेलिकप्टरमा सवार रहेको पुष्टि गरेका छन् ।

यो हेलिकप्टरमा इरानका राष्ट्रपति रायसीसहित विदेशमन्त्री अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र इरानको पूर्वी अजरबैजानका नेता आयोतुल्लाह अल हाशेम रहेका थिए ।

तेहरान टाइम्सले हेलिकप्टर दुर्घटनाग्रस्त भनिएको ठाउमा सेनाको टोली केहीबेर अघि मात्र पुगेको र हेलीकप्टरको खोजी शुरु गरेको उल्लेख गरेको छ ।

कुहिरो लागेको, पहाडी क्षेत्र भएको र अध्यारो भएका कारण हेलिकप्टर खोजी कार्यमा समस्या भएको इरानका मिडियाले उल्लेख गरेका छन् ।

घटनाको जानकारी पाएको करिब पाँच घण्टाभन्दा बढी हुदा पनि उद्धार टोली घटनास्थलमा पुग्न सकेको छैन । यस क्षेत्रमा जम्मा ४० उद्धार टोली खटाइएको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै