• २०८१ असार १४ शुक्रबार

सरकारी ठगी बारे प्रकशित समाचारविरुद्ध मलाई पक्राउ गरियो- सिरोहिया

kharibot

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफ्नो गिरफ्तारी सरकारी ठगीसम्बन्धमा प्रकाशन भइरहेका समाचारविरुद्ध भएको प्रतिक्रिया दिएका छन् । 

प्रहरीले आफ्नै कार्यालयबाट पक्राउ गरेपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले आफ्नो गिरफ्तार नागरिकता काण्डमा नभएर सहकारी ठगविरुद्ध भएको बताएका हुन् ।

उनले भने, 'मलाई गिरफ्तार गरेको नागरिकता काण्डमा होइन्, सहकारी ठगीसम्बन्धमा आएका समाचारविरुद्ध भएको हो । म अन्तिम समयसम्म पनि प्रेसका लागि लड्ने छु' 

जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो । सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै