• २०८१ बैशाख १९ बुधबार

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा 'एमडीआरटी' कार्यक्रम सम्पन्न

kharibot

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा 'एमडीआरटी' कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ४०० भन्दा बडी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयालले 'एमडीआरटी' के हो, यसको प्रक्रिया, आवश्यकता र लाभहरुको बारेमा प्रकाश पार्दै सिटिजन लिडरहरुलाइ प्रेरित गराएका थिए ।

यसका साथै उनले 'एमडीआरटी' को लागि योग्य हुन आवश्यक कुराहरुमा जोड दिए । सोहि कार्यक्रममा 'एमडीआरटी' मा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरुलाई तथा 'एमडीआरटी' को लक्ष्य लिएका सिटिजन लिडरहरुलाई सम्मान पनि गरिएको थियो । 

समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यो पेशालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताउदै 'एमडीआरटी' जस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा अझ सहयोग पुग्ने बताए । 

उनले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित गरे ।

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै