• २०८१ जेठ ६ आइतबार

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता 

kharibot

तस्बिर :रासस

काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमण पुरा गरी आइतबार साँझ स्वदेश फर्किएका छन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग उच्चस्तरीय वार्ता गरेका थिए । भारत भ्रमणका क्रममा विभिन्न आठ बुँदे सहमतिमा हस्ताक्षर गरेका प्रधानमन्त्री देउवाको भ्रमणको अवसरमा ४६ बुँदे संयुक्त वक्तब्य जारी भएको थियो ।

नयाँ दिल्ली पछि प्रधानमन्त्री देउवाले हैदरावाद, तिरुपति र बिहारको भ्रमण गरेका थिए ।

आइतबार साँझ त्रिभुवन विमान स्थलमा प्रधानमन्त्रीलाई स्वागत गर्न उपप्रधानमन्त्रीहरु विजयीकुमार गच्छादार, गोपालमान श्रेष्ठ, सभामुख ओनसरी घर्ति मगर, मन्त्रीहरु र सरकारका उच्च पदस्थ कर्मचारीहरु उपस्थित थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै