• २०८१ असार १३ बिहीबार

संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या नगरौं- महामन्त्री शर्मा

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्न नहुने बताएका छन् ।

कश्यपप्रसाद पौडेलको कथा सङ्ग्रह ‘आरनको आगो’ विमोचन समारोहमा आज यहाँ उनले देशभित्र राजनीतिक सङ्कटको स्थिति नभएको स्पष्ट पार्दै आर्थिक र सामाजिक रूपान्तरणबाट समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्ने बताए।

देशभित्र आर्थिक सङ्कट वास्तविक चुनौतीका रूपमा रहेकाले यसको समाधान गर्न सबै राजनीतिक दललाई एक ठाउँमा आउन उनले आग्रह गरे ।

उनले भने- ‘देशमा राजनीतिक सङ्कट छैन। राजनीतिक सङ्कट त्यसबेला हुन्छ जब हिंसात्मक द्वन्द्व चलिरहेको हुन्छ। ती सङ्कटसँग सामना गरेर हामी एउटा बाटोमा आइसक्यौँ। काम गर्नका लागि प्रतिस्पर्धाको मनोविज्ञान बनाउनुपर्छ । जुनसुकै दल र आस्था भए पनि अब सोच्ने साझा कुरा भनेको आर्थिक र सामाजिक रूपान्तरण नै हो । त्यसका लागि हामी एकमत हुन आवश्यक छ ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै