• २०८१ जेठ ६ आइतबार

प्रधानमन्त्री देउवा र बिहारका मुख्यमन्त्री नितिश कुमारबीच भेटवार्ता

kharibot

तस्विर : रासस

बिहार (भारत) । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार साँझ बिहारका मुख्यमन्त्री नितिश कुमारले शिष्टाचार भेट ग । 

प्रधानमन्त्री देउवासँग बिहारको रोयल रेसिडेन्सी होटलमा मुख्यमन्त्री नितिश कुमारले शनिबार साँझ भेटवार्ता गरेका हुन्  । भारतको पाँचदिने राजकीय भ्रमणमा रगेका प्रधानमन्त्री देउवा शनिबार साँझ आन्ध्र प्रदेशबाट बिहार आइपुगगेका हुन् । 

सो भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवा र मुख्यमन्त्री नितिश कुमारबीच हालै नेपालको तराई र बिहारका कतिपय सीमा क्षेत्रहरुमा बाढीका कारण भएको क्षतिका विषयमा विस्तृत छलफल भएको थियो । नेपाल र भारततर्फ बाढीले पु¥याएको क्षति र बाढी नियन्त्रणका लागि दुवै देशका तर्फबाट संयुक्त रुपमा दिगो व्यवस्थापनको पहल गर्नुपर्ने कुरामा प्रधानमन्त्री देउवाले जोड दिनुभएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिए। 

भेटवार्तामा बाढी नियन्त्रणका लागि कोशी र गण्डक सम्झौतासम्बन्धी दुई देशीय संयुक्त संयन्त्रलाई सक्रिय बनाई बाढी नियन्त्रणका दीर्घकालीन प्रबन्ध नहुन्जेलसम्म दुवै देशका लागि अभिशाप हुने भएकाले संयुक्त संयन्त्रको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो । 

सो वार्ताका क्रममा प्रधानमन्त्री देउवाले नेपालले हालै भारतसँग गरेका ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा सहजीकरण गरिदिनुभएकामा मुख्यमन्त्री नितिश कुमारलाई धन्यवाद दिएका थिए । 

भेटवार्तामा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले दिएको जानकारी अनुसार भारतको पटना र नेपालको काठमाडौँमा पानी व्यवस्थापनको छुट्टाछुट्टै सम्मेलन गर्ने सहमति भएको छ । ती सम्मेलनमा नेपाल तथा भारत सरकारका जलस्रोतसम्बन्धी विज्ञ तथा सरकारी अधिकारीको सहभागिता हुनेछ । 

भेटवार्तामा प्रधानमन्त्री देउवा, पर्यटन मन्त्री देव, परराष्ट्र सचिव वैरागी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय सहभागी थिए । प्रधानमन्त्री देउवा शनिबार नै उनको सम्मानमा मुख्यमन्त्री नितिश कुमारले आयोजना गरेको रात्रिभोजमा सरिक भएका थिए  ।

प्रधानमन्त्री देउवा आइतबार बिहारको बोधगयामा रहेको महाबोधी जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवा आइतबार साँझ बिहारबाट नयाँदिल्ली हुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै