• २०८१ असार १२ बुधबार

फिल फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

kharibot

काठमाडौँ । फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी बनेका छन् ।

म्यानचेस्टर सीटी यस सिजनको लिगको उपाधि जितको नजिक रहेको बेला फोडेन यस सिजनको उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

फोडेनले यस सिजनको लिगमा १७ गोल गरेका छन् भने कुल २५ गोलमा योगदान गरेका छन् ।

आइतबार हुने प्रिमियर लिगको अन्तिम खेलमा म्यानचेस्टर सिटीले वेस्टह्याम युनाइटेडलाई पराजित गरेमा लिगको उपाधि जित्ने छ ।

प्रिमियर लिगको उत्कृष्ट खेलाडीको सूचीमा फोडेनसहित म्यानचेस्टर सिटीकै इर्लिंग हालाण्ड, आर्सनलका मार्टिन ओडेगार्ड र डेकन राइस, लिभरपुलका भिर्गिल भान डाइक, न्यूक्यासलका एलेक्जेन्डर इसक, एस्टन भिल्लाका ओली वाटकिन्स तथा चेल्सीका कोले पाल्मर दौडमा थिए ।

चेल्सीका पाल्मर यस सिजनको उत्कृष्ट युवा खेलाडी घोषणा भएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै