• २०८१ जेठ ६ आइतबार

प्रधानमन्त्री देउवा आज स्वदेश फर्किदै 

kharibot

तस्विर : रासस

काठमाडौं ।  भारतको पाँच दिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार स्वदेश फर्कंदैछन् । वैशाखमा प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा गएका देउवाले नयाँदिल्लीमा नेपाल–भारतबीच आठवटा सम्झौतामा हस्ताक्षर गरेका थिए । 

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा पत्नी आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा पाँच दिनअघि गत बुधबार भारत गएका थिए । 
नयाँदिल्लीमा बिहीबार द्विपक्षीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी भए । भ्रमणमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भएको ‘वान टु वान’ भेटघाट गरेका थिए । 

भारत भ्रमणका क्रममामा नेपाल र भारतले ४६ बुँदे संयुक्त प्रेस बिज्ञप्ति जारी गरेका छन् । प्रधानमन्त्री देउवा नयाँ दिल्ली पछि हैदरवाद, तिरुपति हुदै शनिबार बिहार आइपुगेका थिए भने आइतबार बोधगया गएपछि आइतबार साँझ नयाँ दिल्लीबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ ।   

प्रधानमन्त्री देउवा आइतबार अपराह्न नेपाल वायुसेवाको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ । 

यसैबीच प्रधानमन्त्रीसँग भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री कृष्णबहादुर महरा शनिबार स्वदेश फर्किएका छन् । मन्त्री महरा निर्धारित तालिकाभन्दा एक दिन अघि नै स्वदेश फर्किएका हुन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै