• २०८१ श्रावण १२ शनिबार

जीबी राईलाई अघिल्लो सरकारले भगाएको भन्नु कुतर्क हो- प्रधानमन्त्री

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिबी राईलाई अघिल्लो सरकारले भगायो भन्नु कुतर्क भएको टिप्पणी गरेका छन् ।

भरतपुर विमानस्थलमा आइतबार अपराह्न पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शनिबार चितवनमै दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै कुतर्क कसैले पनि गर्न नहुने बताएका हुन् ।

उनले भने- 'वाहियात कुरा हो त्यो, कुतर्क कसैले पनि गर्न हुँदैन । जिबी राईलाई ल्याउनपर्छ भन्ने कुरामा सरकार प्रष्ट छ ।  त्यो पासपोर्टको इस्युले गर्दा अलिकति समस्या भएको छ । त्यसलाई हल गर्न खोजिँदैछ । अघिल्लो सरकारले, प्रधानमन्त्रीले, अघिल्लो गृहमन्त्रीले भगायो भन्नु बेतुकका कुरा हुन् ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै