काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत एफसी खुमलटारले नयाँ हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।
सोमबार च्यासल मैदानमा सम्पन्न खेलमा खुमलटारले हिमालयन शेर्पा क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
खुमलटारको जितमा मनिष थापा र स्टेफन समिरले एक एक गोल गरेका थिए भने
हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले एक गोल फर्काए ।
खेलको २२ औं मिनेटमा मनिषले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए भने ६५औं मिनेटमा समिरले गोल गर्दै खुमलटारलाई २-० को अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८०औं मिनेटमा हिमालयन शेर्पाका विश्वासले एक गोल फर्काएका थिए ।
यो जितपछि खुमलटारको ४ खेलमा ६ अंक भएको छ भने हिमालयन शेर्पाको ४ खेलमा ४ अंक रहेको छ ।