• २०८१ बैशाख १५ शनिबार

ए डिभिजन लिगको आज समापन, तीन खेल हुदैँ

kharibot

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको अन्तिम दिन आज तीन खेल हुदैँछ । 

आजदेखि समापन हुन लागेको ए डिभिजन लिगमा हुने तीन खेल मध्ये एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने अर्को दुई खेल दशरथ रंगशालमा हुनेछ  । 

च्यासल मैदानमा हुने खेलमा संकटा क्लब र न्युरोड टिमबिच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । 

उता, त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने पहिलो खेलमा मच्छिन्द्र क्लब र मनाङ मर्स्याङदी एक आपसमा भिडने छन् । जुन खेल दिउँसो २ बजेवाट सुरु हुनेछ ।

यसैगरी, यस सिजनको लिगको अन्तिम खेल भने जावालाखेल र थ्रि स्टार क्लब बिच हुनेछ । जुन खेल साँझ ५: ३० बजेबाट सुरु हुनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै