• २०८१ बैशाख १६ आइतबार

जावलाखेललाई हराउदै थ्री स्टार रेलिगेसनबाट जोगियो, एपीएफ रेलिगेसनमा

kharibot

काठमाडौँ । थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई पराजित गर्दै शहिद स्मारक ए डिभिजन लिगमा रेलिगेसनबाट बचेको छ ।

यस सिजनको अन्तिम खेलमा शनिबार दशरथ रंगशालामा थ्री स्टारले जावलाखेललाई १-० गोल अन्तरले पराजित गर्दै रेलिगेसनबाट बचेको हो । यस खेलको ८२औं मिनेटमा बिक्रम लामाले पेनाल्टीमा गोल गर्दै थ्री स्टारलाई जिताएका थिए ।

थ्री स्टारको २६ खेलमा ३२ अंक भएको छ । त्यस्तै जावलाखेलले भने २६ खेलमा ३७ अंकसहित यो सिजन चौथो स्थानमा रहेर समाप्त गरेको छ ।

थ्री स्टार रेलिगेसनबाट बचेसँगै विभागीय क्लब एपीफ यस सिजनमा रेलिगेसनमा परेर बि डिभिजनमा झरेको छ ।

यस सिजनमा एपीएफसँगै खुमालटार रेलिगेसनमा परेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै