• २०८१ बैशाख १५ शनिबार

चर्च ब्वाइज र खुमलटारबीचको खेल तनावग्रस्त, सुरक्षा माग्दै रेफ्रीले रोके खेल

kharibot

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चर्च ब्वाइज युनाईटेड र खुमलटारबीचको खेलमा तनाव भएपछि खेल रोकिएको छ ।

एन्फा कम्प्लेक्समा जारी खेलको दोस्रो हाफको ५० मिनेटपछिको खेलमा खुमलटारका खेलाडी र अफिसियलले रेफ्रीलाई आक्रमण गरेपछि खेल रोकिएको हो । खेल रोकिदासम्म यस सिजनको लिग विजेता बनिसकेको चर्च ब्वाइज १-० ले अगाडी रहेको छ ।

सुरक्षाको माग गर्दै रेफ्रीहरुले एन्फा कम्प्लेक्समा जारी चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटारबीचको खेल रोकेका छन् ।

अहिले खेल संचालनका लागि सहमतिको प्रायस भइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै