• २०८१ असोज १२ शनिबार

संसदीय छानबिन समिति गठन नभएसम्म संसद्को कारवाही अगाडी बढ्दैन- काँग्रेस

kharibot

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म कुनै काम कारवाही अगाडी नबढने स्पष्ट गरेको छ ।

कांग्रेस महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्दै कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म संसदको कारवाही अगाडी बढ्न नदिने बताए ।

महामन्त्री थापाले कांग्रेसले संसदमा मुठभेड नचाहेको स्पष्ट गर्दै सत्ता पक्षले कांग्रेसलाई प्रोभोक गरेको आरोप लगाए । उनले आजको संसदको घटना हुनुमा सभामुख र सत्ता पक्षका संसदहरु जिम्मेवार रहेको बताए ।

महामन्त्री थापाले संसदमा सहकारी ठगलाई कारवाही गर्ने र जोगाउने गरि दुई समुह देखिएको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै