काठमाडौं । इथियोपियामा जारी आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण कम्तीमा ३५ लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका एक अध्ययनले देखाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय बालकोषका अनुसार आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण ३५ लाख बालबालिका विद्यालयको पहुँचबाहिर रहेका हुन् ।
खडेरीका कारण लामो समयदेखि ती बालबालिकाका अभिभावकले खाद्यान्न अभाव झैल्दै आएका छन् । टिगरे क्षेत्र खाद्य समस्याबाट पीडित छ । बालकोषले केही समयअघि कोभिडका कारण बालबालिका विद्यालय जान नपाएका जनाएको थियो ।