• २०८१ पौष १७ बुधबार

सर्वोच्च बारको अध्यक्षमा डीएलए समूहका निरौला विजयी

kharibot

काठमाडौं । सर्वोच्च अदालत बार एसोसियसनको ३४औँ कार्यसमिति निर्वाचनबाट अध्यक्षमा लोकतान्त्रिक समावेशी (डीएलए) समूहका वरिष्ठ अधिवक्ता हरिशंकर निरौला निर्वाचित भएका छन् ।

निरौलाले प्रगतिशील समुहका तुलसी भट्टलाई १४ मतान्तरले पराजित गरेका हुन् । निरौलाले २८९ मत प्राप्त गरे भने भट्टले २७५ मत पाएका छन् । 

त्यस्तै उपाध्यक्षमा लोकतान्त्रिक समूहकै अधिवक्ता जगदीशचन्द्र पाण्डे निर्वाचित भएका छन् । 

सचिवमा भने प्रगतीशील, पेसागत तथा गणतान्त्रिक (पीएलए) समूहका अधिवक्ता श्याम कुमार खत्री निर्वाचित भएका छन् । सहसचिवमा डीएलएबाट सुजन लोप्चन र कोषाध्यक्षमा पीएलएबाट कपिलचन्द्र पोखरेल निर्वाचित भएका हुन् । 

पीएलएको तर्फबाट महिला सदस्यमा अधिवक्ता सिर्जना कट्टेल निर्वाचित भएकी छन् । 

सदस्य पदमा अधिवक्ताहरू उत्तमराज पाठक, अनुपराज उप्रेती, रेशमराज रेग्मी, रूपनारायण श्रेष्ठ, प्रभुजी पन्त, देवी रेग्मी (पोखरेल), सुमनकुमार केसी, रामकुमार राउत (मातृदास), भीमप्रसाद ढकाल निर्वाचित भएका छन् । 

पाँच पदाधिकारीमा तीनजना डीलएबाट र दुईजना पीएलएबाट निर्वाचित भएका छन् । सदस्यमा ६ जना डीलएबाट र चारजना पीलएबाट निर्वाचित भएका छन् । 

पाँच पदाधिकारी र १० सदस्य रहेको कार्यसमितिको दुई वर्ष कार्यकाल हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै