• २०८१ बैशाख १५ शनिबार

कृषि बिकास बैकको न्युरोड शाखाका कर्मचारी पक्राउ 

kharibot

काठमाडौ । कृषि बिकास बैकको न्युरोड शाखाका कर्मचारी पक्राउ परेकाछन । श्रोतका अनुसार बैकको न्युरोड शाखाबाट नियमितरुपमा अन्तर शाखा कारोबार हिसाब पेंडीङ  देखाई चोरी गरेको अभियोगमा लेखा समितीका दिपिका रेग्मी पक्राउ परेकी हुन ।

अन्तर शाखा कारोबार हिसाब पेंडीङ देखाई ४ करोड ९१ लाख  रुपैयाँ भन्दा बढी रकम चोरेको अभियोग रेग्मी माथि रहेको छ । सोही अभियोगमा केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले बुधबार पक्राउ गरेको हो ।

सिआईबीले गत मंसिर १३ गते बुधबार रेग्मीलाई पक्राउ गरेको भएपनि आन्तरिकरुपमा अनुसन्धान गरिहेको र संभवत मंसिर १६ गते अर्थात आज शनिवार रेग्मी पक्राउको घटना सार्वजनिक गर्ने तयारी गरिरहेको श्रोतको दावी छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै