• २०८१ बैशाख २८ शुक्रबार

इलाम- २ मा मतदान अन्तिम चरणमा, आजै मतगणना गर्ने तयारी

kharibot

इलाम । इलाम- २ मा करिब ५७ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ ।

निर्वाचन आयोगले मतदान अन्तिम चरणमा रहेको जानकारी दिदै ५७ प्रतिशतको हाराहारीमा मतदान भएको बताएको छ । यद्यपी अन्तिम विवरण आउन भने केहि समय लाग्ने बताइएको छ । 

निर्वाचन आयोगले मतगणना सकिनेबित्तिकै मत पेटिका संकलन गरिने र मतगणना सुरु गर्ने बताएको छ । सबै मतदान केन्द्रबाट बेलुका १० बजेसम्म मतपेटिकाहरु संकलन भइसक्ने अनुमान गरिएको छ । आजराती नै मतगणना भएमा आइतबार साँझसम्म सम्पन्न हुनसक्ने बताइएको छ ।

इलाम-२ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् । 

यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै