• २०८१ बैशाख १६ आइतबार

कृषि बिकास बैकद्धारा मदन बाटीका पार्कलाई डस्टबिन बितरण

kharibot

काठमाडौ । कृषि बिकास बैकले मदन बाटिका पार्क महादेवस्थान कोटेश्वरलाई डस्टबिन प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सामाग्री बितरण गरेको हो । 

कृषि विकास बैंकको क्षेत्रिय कार्यालय काठमाडौबाट आयोजित कार्यक्रममा पूर्व कानून मन्त्री तथा महान्यायाधिवक्ता अग्नि खरेलको प्रमुख आतिथ्यमा कार्यक्रमका विशिष्ठ अतिथि तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र कार्यक्रमका प्रमुख अतिथी खरेलले बैंकले उपलव्ध गराएको एक सय ५० थान डस्वीन उपभोक्ता समितिलाई संयूक्तरुपमा हस्तान्तरण गरेका हुन ।

स्थानीय नागरीकहरुको बाक्लो उपस्थित रहेको सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी खरेलले भने,  आफ्नो नगर÷टोल लाई सुरक्षीत बनाउने दायित्व तहां बस्ने नागरिकको पनि भएकोले हामीहरुले आफनो घर वरीपरी सरसफाई गर्ने बानी बसाल्यौ भने भोली टोल सफा हुन्छ, टोल सफा र सुरक्षीत हुंदा हामीहरुको सोचमा  सकरात्मक परिवर्तन भै उत्कृष्ठ समाजको रुपमा हामी हाम्रो टोललाई चिनाउन सक्दछौ । यसरी टोल,नगर र पार्क सरसफाई गर्ने काममा कृषि विकास बैंकले गरेको योगदानको कदर गर्दै बैंकको प्रगतीको लागि शुभकामना व्यक्त गरे । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन बैंकले खेलेको भूमिकाको बारेमा चर्चा गरे । उनले ५२  बर्ष अगाडि  कृषकहरुको आर्थिक सम्बृद्धिका लागि  स्थापीत बैकले हाल आधुनिक प्रविधी मार्फत  नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताए । नेपालमा सबैभन्दा बढि शाखा सञ्जाल भएको तथा बृहत पूँजि भएको यस बैंकले दुरदराज मा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनिहरुको क्षमता बृद्धि का लागि बिभिन्न बित्तिय साक्षरता एबम्  तालिमहरुका साथसाथै यस्तै प्रकृतिका सेवामुलक कार्यहरु पनि निरन्तररुपमा गर्दै आईरहेको समेत बताए ।

एकिृत उपक्तासमितिका अध्यक्ष मदन सिवाकोटी र सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा खरेलले कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गर्दै बैकले पुराएको सहयोगको सराहना गरी बैंकको उच्च प्रगतिको कामना गरे । 

उक्त कार्यक्रममा बैकका का.मु.उप–महाप्रबन्धक प्रताप सुवेदी, क्षेत्रिय कार्यालय काठमाडौका का.मु.निर्देशक करुण चन्द्र घिमिरे, का.मु. निर्देशक अनिल यादव, का.मु. विभागीय प्रमुख अजय रिमाल, मुख्य शाखा प्रबन्धक गोकुल पनेरु, बैंकका प्रवक्ता हिमलाल पौडेल, बजार शाखा व्यवस्थापनका शाखा प्रमुख महेश्वर मरहठा, का.मु. प्रबन्धक यादव पोखरेल, खेटराज दाहाल लगायतका अन्य कर्मचारीको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन समितिका सचिव हर्क भट्टराईले गरेका थिए ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै