काठमाडौ । कृषि बिकास बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० दसमलव ३५ प्रतिशत आकर्षण व्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको हो ।
बैंकले दुई अर्व ५० करोड रकम बरावर को २५ लाख कित्ता ऋण पत्र जारी गर्ने भएको छ ।
उक्त ऋण पत्र जारी गर्ने कार्यको लागि कृषि विकास बैंक र एनआई विएल एस क्यापिटलविच सम्झौता भएको छ ।
“एडिविएल कृषि विकास बैंक लि.२०८३” नाम दिइएको ७ वर्षे ऋणपत्र (डिवेन्चर) १०.३५ प्रतिशत व्याजदरमा जारी गर्नका लागि नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृती प्राप्त भै सकेको छ भने अन्य नियमक निकायबाट आवश्यक स्वीकृत तथा कागजात तयार गरी आम नेपाली नागरिकका लागि सरकारी बैंकद्धारा ऋणपत्र (डिवेन्चर) छिट्टै जारी हुने बैंकले जानकारी दिएको छ ।