• २०८१ बैशाख १६ आइतबार

कृषि बिकास बैकको नाफा बृद्धि : छ महिनामा कमायो एक अर्ब ४१ करोड

kharibot

काठमाडौं । कृषि बिकास बैकको नाफा बढेको छ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ४१ करोड ५० लाख ४२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब दुई करोड ९१ लाख ६८ हजार रुपैयाँ रहेको थियो । 

चुक्ता पुँजी १३ अर्ब ९३ करोड ७९ लाख २३ हजार रुपैयाँ रहेको बैकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब १० अर्ब १० करोड ९२ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब सात अर्ब ३१ करोड २५ लाख ७६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

सो अवधिमा तीन अर्ब ५७ करोड १६ लाख ५० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दसमलव ५० प्रतिसत कर्जा निष्क्रिय रहेको छ । 

गत आवको सोही अवधिमा बैंकले ९८ अर्ब १७ करोड ३४ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ११ करोड २३ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ६५ करोड १८ लाख ६४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दसमलव ९५ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै