• २०८१ बैशाख १६ आइतबार

कृषि बिकास बैकद्धारा डस्टबीन होडिङ्गवोर्ड सामग्री हस्तान्तरण

kharibot

काठमाडौ । कृषि बिकास बैंकले डस्टबिन बिवरण गरेको छ ।

बैंकले यही असार १५ गते हिमाली टोल बिकास संस्था को अध्यक्ष शोभाष चन्द्रको अध्यक्षततामा सम्पन्न कार्यक्रममा  भरतपुर महानगरपालिका वडा नं. १० हिमाली टोल विकास संस्थालाई सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत भरतपुर शाखाबाट आयोजित कार्यक्रममा बैंक संचालक समितिका सदस्य संजिव पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रमका विशिष्ठ अतिथि बैंकको भरतपुर शाखाका प्रबन्धक कांशिराज कंडेल र कार्यक्रमका प्रमुख अतिथी संजिव पौडेलले बैंकले उपलव्ध गराएको ५० थान डस्वीन र होडिङ्ग वोर्ड हिमाली टोल विकास संस्थाको अध्यक्ष शोभाष चन्द्र धिताललाई संयूक्तरुपमा हस्तान्तरण गरेका हुन । 

स्थानीय वासिहरुको बाक्लो उपस्थित रहेको सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी संजिव पौडेलले आफ्नो नगर÷टोल लाई स्वच्छ , हरा भरा र बातावरण मैत्री, सुरक्षीत बनाउने दायित्व हामी यहां बस्ने सम्पूर्ण वासिन्दाको पनि भएकोले हामीहरुले आफनो घर वरीपरी सरसफाई गर्ने बानी बसाल्यौ भने भोली टोल सफा हुन्छ, टोल सफा र सुरक्षीत हुंदा हामीहरु हरतरहका रोगबाट बच्न सफल हुनुका साथै यस टोल÷नगर उत्कृष्ट समाजको रुपमा चिनिने छ ।

नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गर्दे कृषि विकास बैंकले हाल आधुनिक प्रविधी मार्फत अधिकांश नेपाली जनताको घर-आंगनमा आफ्ना बैकिङ्ग सेवाहरु –(एटिएम, एस एम एस, मोवाई बैकिङ्ग, आश्वा सुविधा, डिम्याट, भिसा कार्ड, आई पि एस, इन्टरनेट सुविधा) सेवा प्रदान गर्दे आईरहेको बताए ।

नेपालमा सबैभन्दा बढि शाखा सञ्जाल भएको तथा बृहत पूँजि भएको यस बैंकले दुरदराज मा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको तथा उनिहरुको क्षमता बृद्धि का लागि बिभिन्न बित्तिय साक्षरता एबम्  तालिमहरुका साथसाथै यस्तै प्रकृतिका सेवामुलक कार्यहरु पनि निरन्तररुपमा गर्दे आईरहेको समेत बताए । 

उक्त कार्यक्रममा बैंक पूर्व शाखा प्रवन्धक प्रदीपकुमार पोखरेल, डा जीवनकुमार श्रेष्ठ, समितका सल्लाहकार, डा हरिहर पोख्रेल, चन्द्र प्रसाद सिग्देल,श्री भानु प्रसाद उपाध्याय प्रेम प्रसाद सुवेदी, खड्ग बहादुर श्रेष्ठ, शिव प्रसाद शर्मा, आमा समुहका अध्यक्ष नारायणणी लम्सालले  बैंकले पुर्याएको योगदान कदर गर्दै कृषि विकास बैंक लि.को उत्तर÷उत्तर प्रगतिको कामना समेत गरे ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय