• २०८१ बैशाख १७ सोमबार

किमलाई पुटिनको निमन्त्रणा, दुवैबीच छिट्टै भेट हुने

kharibot

सोल। एएफपी रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ उनसँग भेटघाट गर्न तयार भएका हुन् । पुटिनले छिटै किमसँग भेटघाट गर्नुहुने उत्तर कोरियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएका छन् । 

पुटिनले उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनलाई अगामी जुन महिनामा रुसको भ्लादिभोस्तोकमा हुन गइरहेको आर्थिक मञ्चमा निमन्त्रण गरेका छन् । 

उत्तर कोरियाली नेता किमले भने यस निमन्त्रणाबारे कस्तो प्रतिक्रिया देखाउनु हुन्छ प्रष्ट भएको छैन । कोरियाली स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति पुटिनले पठाउनुभएको सन्देशमा नेता किम सम्मेलनमा भाग लिनु हुने आकाङ्क्षा व्यक्त गरेका छन् । 

“जतिसक्दो चाँडो किमसँग भेटघाट गरी द्वीपक्षीय सम्बन्ध र क्षेत्रीय मामिलाका विविध विषयमा छलफल गर्न तयार छौं,” राष्ट्रपति पुटिनको भनाई उद्धृत गर्दै उत्तर कोरियाको आधिकारिक समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । तर सन्देशमा भेटघाटको यकिन मिति भने दिइएको छैन । 

दक्षिण कोरियाको पनि सहभागितामा आपसी समन्वयसहितको त्रिकोणीय परियोजनाको थप विकास हुने पुटिनले आशा गरेका छन् । 

किमले पनि पुटिनलाई सन्देश पठाएका छन्, तर पत्रमा पुटिनको निमन्त्रणाको विषयमा किमले कुनै प्रतिक्रिया दिएका छैनन् । 

कोरियाली प्रायःद्वीपमा शिध्र रुपमा कुटनीतिक सम्बन्ध सामान्य हुनुको पछाडि किमले दुई पटकसम्म दक्षिण कोरियाली राष्ट्रपतिसँग भेटघाट गर्नु तथा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटघाट रहेको बताइन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै