काठमाडौँ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।
प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता बनाएका छन् । उनले ७८४० मत प्राप्त गरेका छन् । उनले एमालेका भण्डारीलाई २८३ मतले पछि पारेका छन् ।
त्यस्तै एमालेका दमनबहादुर भण्डारीले ७५५७ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले २९३५ मत प्राप्त गरेका छन् भने एकीकृत एकीकृत समाजवादीका दिलबहादुर सिंहले २१५१ प्राप्त गरेका छन् ।
बझाङको यस क्षेत्रमा अहिलेसम्मको गणनामा २०८०४ मत गणना भएको छ ।