• २०८१ बैशाख १८ मंगलबार

के किम ठुलो युद्धको तयारीमा छन् ?

kharibot

काठमाडौँ । उत्तर कोरियाका शासक किम जोङ उनल बारम्बार धम्की र आणविक क्षेप्यास्त्र परीक्षणका लागि विश्वभर चर्चित छन् । यसैबीच, केही विश्लेषकहरूले पछिल्ला केही महिनामा किमले वास्तविक युद्धको तयारी गर्न थालेको चेतावनी दिएका छन् ।

विगत १३ वर्षमा किमले थप आक्रामक रुख अपनाएर सीमा परिक्षण गर्दै आएका छन् । आफ्नो देशको आणविक क्षमता र मिसाइल कार्यक्रममा द्रुत प्रगतिबाट बलियो, बनेका किमले २०२४ को शुरुमा उत्तर कोरियाको संविधानबाट शान्तिपूर्ण एकीकरणको लक्ष्य हटाएर उत्तर कोरियाको अन्य इरादाहरू छन् भनेर प्रमाणित गरेका छन् ।

उत्तर कोरियाली शासक किम जोङ उन ठूलो युद्धको तयारीमा छन् । आणविक मिसाइलको बारम्बार परीक्षण एउटा उदाहरण हो । यसको झलक अप्रिल १० मा हुने दक्षिण कोरियाली निर्वाचनमा देखिन सक्ने आशंका गरिएको छ ।

अप्रिल १० मा हुने दक्षिण कोरियाली चुनावअघि किमले यसको अलिकति झलक देखाउन सक्ने दाबी गरिएको छ । प्रख्यात विश्लेषकहरूले दाबी गरेका छन् कि किम अब ठूलो कदम चाल्ने तयारीमा छन् । यद्यपि, अधिकांश कोरियाली युद्ध परिदृश्यहरूमा, किम जोङ विनाशको सामना गर्छन् ।

पूर्व सीआईए अफिसर रोबर्ट कार्लिन र आणविक वैज्ञानिक सिगफ्राइड हेकरले २०२४ को सुरुमा लेखेका थिए कि १९५० को दशकमा आफ्ना हजुरबुवाले जस्तै किम जोङ उनले उत्तर कोरियामा केन्द्रित भएर युद्धमा जाने रणनीतिक निर्णय गरेका छन् । यो कति चाँडो हुन सक्छ भनेर उनीहरूले अनुमान गरेका थिएनन् ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनवरीमा भनेको थियो की सबै अनुमानहरूमा सोलको प्रतिक्रिया स्पष्ट रहेको थियो । यदि किमले युद्ध सुरु गरे भने उत्तर कोरिया पक्कै पनि विश्वको नक्साबाट मेटिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै