मुम्बई । अभिनेता नवाजुद्धीन सिद्धिकी शिवसेनाका संस्थापक बाला साहेब ठाकरेको बायोपिकमा बाल साहेबको भूमिकामा देखिदै छन् ।
फिल्ममा बाबा साहेबको भूमिकामा रहेका नवाजुद्धीन सिद्धिकीको पहिलो लुक सार्वजनिक भएको छ ।
भारतको महाराष्ट्रको राजिनिटका केन्द्रविन्दुमा लामो समयसम्म रहेका बाला साहेबको बायोपिकलाई शिवसेनाका नेता संजय राउतले निर्माण गर्दै छन् । फिल्म आगामी बर्षको जनवरी २३ मा बल साहेबको जन्मदिनको अवसरमा रिलिज हुने बताइएको छ ।
नवाजुद्धीनले बाल साहेबका अलावा यस बर्ष वेभ सिरिज सेक्रेट गेम्स केहि दिन अघि रिलिज भएको छ भने आथिया शेठीसँग मोतिचुर चकनाचुर फिल्ममा अभिनय गर्दै छन् ।