• २०८१ बैशाख १९ बुधबार

नवाजुद्धीनकी पूर्वप्रेमिकाले भनिन् – ‘तिमि पहिलाभन्दा झन् गरिब भएछौ’

kharibot

मुम्बई । बलिवुड अभिनेता नवाजुद्धीन सिद्धिकीको आत्मकथा थप विवादमा परेको छ । बलिवुडमा निकै सोझा र साधारण अभिनेताको छबी बनाएका अभिनेता नवाजुद्धीन सिद्धिकी विवादमा आएका छन् ।  

यसअघि नवाजुद्धीनको बायोग्राफी ‘एन अर्डिनरी लाइफ’ मा आफ्नी फिल्मकी अभिनेत्री निहारिका सिंहसंगको सम्बन्धका बारेमा लेखिएका कुराले विवादमा आएका नवाज सोहि आत्मकथामा उल्लेख गरिएको अर्की अभिनेत्री सुनिता राजवार सम्बन्धि तथ्यका कारण विवादमा आएका छन् ।   

नवाजले आफ्नो आत्मकथामा आफ्नो गरिवीका कारणले सुनीताले आफुलाई छोडेको उल्लेख गरेको विषयलाई सुनिताले खण्डन गर्दै नवाजको गरिवीले नभई उनको गरिवी सोचाईले आफुले उनलाई छोडेको प्रतिक्रिया दिएकी छन् । सुनिताले नवाजले आत्मकथामा झुट बोलेको बताउदै थियटरकी अभिनेत्री समेत रहेकी सुनिताले आत्मकथामा सबै कुरा आफ्नो किसिमले उल्लेख गरिएको आरोप लगाएकी छन् । सुनिताले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस त्यति बेला नवाजभन्दा आफु निकै गरिव भएको र साथीहरुको घरमा बसेर संघर्ष गरिरहेको सुनिताले उल्लेख गरेकी छन् ।

नवाजले जहिलेपनि आफ्नो गरिवी, संघर्षलाई लिएर सहानुभूति लिने गरेको बताउदै सुनिताले खासमा त्यस्तो नभएको बताएकी छन् । सुनिताले आफ्नो कमजोरीलाई लुकाएर महिलाहरुलाई आरोप लगाएको उल्लेख गरेकी छन् । सुनिताले लेखेकी छन् नवाज तिमि आज त्यो बेलाको भन्दा पनि गरिब भएका छौ । यो आत्मकथा पछि आफुले चिनेको भन्दा नवाज झनै गरिब भएको उनले उल्लेख गरेकी छन् ।

सुनिताले रामायण, ये रिस्ता क्या कह्लाता है, शगुन, सन्तोषी माता, हिटलर दिदि जस्ता टेलिभिजन सिरिजमा काम गरिसकेकी छन् भने केहि बलिवुड फिल्ममा समेत काम गरेकी छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै