• २०८१ बैशाख १९ बुधबार

नवाजुद्धीन सिद्धिकी यति ठुलो स्टार बन्छन् भन्ने मैले सोचेको थिएन - निर्देशक हिरानी 

kharibot

मुम्बई। बलिवुडका नेशनल अवार्ड विजेता निर्देशक राजकुमार हिरानीले आफ़ुले नवाजुद्धीन सिद्धिकी यति ठुलो स्टार बन्छन् भन्ने आफुले कहिल्लै नसोचेको बताएका छन्। 

नवाजुद्धीनलाई समेत निर्देशन गरेका निर्देशक हिरानीले हिन्दुस्तान टाइम्समा अन्तर्वार्ता दिदै आफुले नवाजुद्धीनमा अभिनय गर्ने क्षमता भएपनि यति ठुलो सुपरस्टार बन्छन् भनेर आफुले नसोचेको बताएका छन्। सन् २००३ मा मुन्ना भाई एमबीबीएसमा नवाजुद्धीनलाई निर्देशन गरेका हिरानीले सो फिल्मको सुटिंग सम्झिदै भने,'उनले धेरै राम्रो अभिनय गरेका थिए र मैले उनलाई भनेको थिए, नवाज तिमी धेरै राम्रो कलाकार हौ। ' तर मैले उनलाई यो भनिरहदा मेरो दिमागमा नवाज ठुलो कलाकार बन्छन भन्ने त्यति बेला आएन।

मुन्नाभाईमा नवाजले सुनिल दत्तको पकेट मारेको सानो रोलमा अभिनय गरेका थिए। जसमा सुनिल दत्तले उनलाई आम मानिसबाट बचाएर जीवनको ठुलो शिक्षा दिएका थिए। 

निर्देशक हिरानीले नवाजको तारिफ गरेका छन्।  हिरानीले नवाज निकै राम्रो कलाकार भएको भन्दै उनी अहिले बलिवुडको ठुलो स्टार भएको सत्यलाई नकार्न सकिन्न ।

ग्याङ्ग्स अफ वासेपुर, लन्च बक्स, किक, बजरंगी भाइजान, माझी, रइस जस्ता फिल्ममा अभिनय गरेका छन् भने अब नवाजको यस बर्ष मन्टो, बाल ठाकरे जस्ता फिल्म आउदै छन्।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै