• २०८१ बैशाख २० बिहीबार

तराईमा शितलहरको कहर, बाक्लो हुस्सुका कारण उडान समेत प्रभावित

kharibot

बारा । केहि दिन देखि मध्य तराई मधेसका बिभिन्न जिल्लामा चलेको पुर्वी हावासँगै बढेको शितलहरका कारण बारा, पर्सा, रौतहट, सर्लाही लगायतको बिभिन्न जिल्लाको जनजिवन कष्टकर बनेको छ । एक हप्ता देखि चलेको शितलहरले मानिसहरुलाई हिडडुल गर्न समेत समस्या भएको हो । घाम नलाग्ने र हावा चल्ने भएपछि चिसो बढेको हो । मध्य तराईमा चिसो बढेसँगै बालबालिका र बृद्धबृद्धाहरुको स्वास्थ्यमा बढी असर पार्ने गरेको छ ।

अत्यधिक चिसो र शितलहरका कारण सवारी साधन सञ्चालनमा कठिनाई भएको देखिन्छ । चिसोबाट बालबालिकामा निमोनिया र बृद्धाहरुमा दम खोकीको असर देखा पर्ने गरेकोले सजग भएर बस्न डा.रबिन्द्र सिंहले सर्वसाधारणहरुलाई सल्लाह दिएका छन् । शितलहरसँगै चलेको हावाले झन् हुस्सु र चिसो बढाएको छ । चिसोका कारण बाराको सदरमुकाम कलैयाका साथै जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य बजार जीतपुर र सिमरामा मानिसको चहल पहलमा कमि आएको देखिएको छ ।

शीतलहरसँगै बढेको चिसोले पशु तथा बालीनालीमा पनि प्रभाव पारेको छ । बारा जिल्लामा एक्कासी बिहान र राती बाक्लो हुस्सु लाग्न थाले पछि जाडोबाट बच्नका लागि तराईका ग्रामिण भेगमा आगो बालेर घुर ताप्न थालिएको छ । आकाश नखुलेका कारण जाडो सहन नसकिने भए पछि सर्वसाधारणले ठाउँ–ठाउँमा आगो बालेर तापिरहेका छन् । निजगढ लगायतका शहरमा किनमेल र हिड्डुल गर्ने सर्वसाधारणको संख्या घटेको पाईएको छ । चिसोले बालबालिका र बुढापाखा घरबाट बाहिर निस्कन सकेका छैनन् ।

जाडो याम बढेसँगै केहि दिन यता घाम लागे पनि शितलहरका कारण बाराको जनजिवन कष्टकर बन्दै गएको छ । विगत दुई दिन यता विहानैं देखि मध्य तराईमा चलेको शितलहरले मानिसहरुलाई हिडडुल गर्न समेत समस्या भएको छ । बाक्लो हुस्सुको कारण सवारी साधनहरुलाई आवत जावत गर्नमा समेत समस्या भएको हो । 

सितलहरसँगै बढ्दै गएको चिसोका कारण बृद्ध बृद्धा तथा बाल बालिकाहरुको स्वास्थ्यमा समेत विभिन्न समस्या देख परेको छ । चिसोका कारण सर्वसाधारणहरुलाई हिड डुल गर्न अफ्ठ्यारो भईरहेकोले मानिसहरु घरबाट समेत निस्कन गार्हो मानिरहेको छन् । त्यसैगरी सम्भावित दुर्घटनाबाट बाँच्नको लागि ट्राफिक प्रहरी कार्यलय बाराले साना गाडी टाक्टर, अटोमा टल्कने गरि रातो स्टिकर टास्ने, गाडीको चालकलाई निम्न गतिमा र गाडीको बत्ती बालेर आवत जावत गर्नको लागि आग्रह गरेको र जिल्ला टाफिक प्रहरी कार्यालय बाराले स्पीड मिटरको प्रयोग समेत प्रयोग गरिएको जिल्ला ट्राफिक कार्यलय बाराका प्रमुख प्रहरी निरिक्षक बिपिन ओझाले बताए । 

हुस्सुसँगै मध्य तराई चिसो बढे पछि बालबालिका र बृद्धबृद्धाहरुको स्वास्थ्यमा बढी असर पार्ने गरेको छ । चिसोबाट बालबालिकामा निमोनिया र बृद्धाहरुमा दम खोकीको असर देखा परेको तराई सिमरा हस्पिटलका चिकित्सक डा.रबिन्द्र सिंहले बताए । 

शितलहरसँगै चलेको हावाले झन् हुस्सु र चिसो बढाएको छ । चिसोका कारण बाराको सदरमुकाम कलैयामा आउँने जाने सर्वसाधारणहरुमा कमी आएको देखिएको छ । बाक्लो हुसुसँगै परेको शितलहरको कारण सदरमुकाम कलैयाका साथै जिल्ला भित्र रहेका बिभिन्न सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुको उपस्थिति पातलिदै गएको देखिन्छ । त्यस्तै दैनिक १५ वटा उडान भर्दै आएको सिमरा बिमान स्थलमा पनि उडान हुँन सकेको छैन भने बिमानको पर्खाइमा रहेका यात्रु गन्तब्यमा जान पाएका छैनन् । 

बाक्लो कुहिरो र शितलहरका कारण बाराको सिमरा विमानस्थलको उडान समेत प्रभावित बनेको र विमान उडान तथा अवतरणका लागि आवश्यक भिजिविलिटी नहुदा दुई दिनबाट सबै उडानसेवा रद्द गरिएको सिमरा विमानस्थल कार्यालयले जनाएको छ । 

चिसोबाट बच्नका लागि गाउँ गाउँमा रहेका दलित जनजातीहरुलाई बिभिन्न संघ संस्थाहरुले राहत स्वरुप कम्बल बितरण गरेको भए पनि सरकारी निकायहरुबाट अहिले सम्म कुँनै किसिमको सामग्री बितरण नगरेको स्थानीयहरुको दुखेसो रहेको छ । उनिहरु जाडोबाट बाच्न राज्य पक्षसँग राहतको माँग समेत गरेका छन् । एक्कासी बाक्लो हुस्सु लागे पछि सवारी साधन चलाउँन चालकहरुलाई समेत समस्या भएको छ । शितलहर चलेको बेलामा जाडोबाट बच्नका लागि मधेशका स्थानीय बासिन्दाहरु आगो बालेर ताप्ने गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै