• २०८१ माघ २३ बुधबार

मोदी फ्लाइओभरमा रोकिएको प्रकरण: पञ्जाब सरकारद्वारा उच्चस्तरीय समिति गठन

kharibot

नयाँ दिल्ली । पञ्जाब सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा लापरवाही गरेको विषयमा उच्चस्तरीय समिति गठन गरेको छ । यस समितिमा न्यायमूर्ति (सेवानिवृत्त) मेहताब सिंह गिल र गृह तथा न्याय मामिलाका प्रधान सचिव अनुराग वर्मालाई राखिएको छ । समितिले ३ दिनभित्र प्रतिवेदन बुझाउने छ । सरकारका अनुसार यस सम्बन्धमा आदेश जारी गरिएको छ ।

यसैबीच प्रधानमन्त्रीको सुरक्षामा लापरवाही गरेको विषयमा सर्वोच्च अदालतमा रिट पनि परेको छ । वरिष्ठ अधिवक्ता मनिन्दर सिंहले यस विषयमा छानबिन गर्न सर्वोच्च अदालतसँग माग गरेका छन् । उनले यस विषयमा प्रहरीको लापरवाहीका सम्बन्धमा सबै प्रमाण जुटाउन जिल्ला तथा सत्र न्यायाधीशलाई निर्देशन दिनुपर्ने बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बुधबार फिरोजपुर भ्रमणका क्रममा सुरक्षा कमजोरी भएको विषयमा केन्द्रीय गृह मन्त्रालयले पञ्जाब सरकारसँग विस्तृत प्रतिवेदन मागेको छ । गृहमन्त्री अमित शाहले यस्तो घटना स्वीकार गर्न नसकिने बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै