• २०८१ बैशाख १७ सोमबार

राष्ट्रपति भएपछि डोनाल्ड ट्रम्पले गुमाए ७० करोड डलर सम्पत्ति !

kharibot

काठमाडौँ । अमेरिकाको राष्ट्रपति भएको समयमा डोनाल्ड ट्रम्पले करिब ७० करोड डलर सम्पत्ति गुमाएको रिपोर्ट सार्बजनिक भएको छ ।

ब्लूमबर्गको बिलिनियर्स इन्डेक्सको रिपोर्ट अनुसार ट्रम्प राष्ट्रपति भएपछि आफ्नो सम्पत्तिमा ७० करोड डलर गुमाएको देखिएको हो ।

उनको तीन सय करोड डलरको सम्पत्ति चार बर्ष राष्ट्रपति भएपछि २३० करोड डलर भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

यस अवधिमा ट्रम्पका ब्राण्ड होटल, रिसोर्ट र रियल स्टेटबाट हुने आयमा निकै कमि आएको देखिएको छ । साथै ट्रम्पका गल्फ कोर्स र विमानको आय पनि घटेको देखिएको छ ।

चार बर्ष राष्ट्रपति हुदा ट्रम्पको मुख्य कारोबार रहेको रियल स्टेटको मुल्यमा २६ प्रतिशतको गिरावट आएको देखिएको छ । ट्रम्पको तीन चौथाई कारोबारको हिस्सा रियल स्टेटको रहेको छ ।

त्यस्तै ट्रम्पका एक दर्जन होटल र रिसोर्टका अलावा विश्वका विभिन्न देशमा १९ गल्फ कोर्स समेत रहेका छन् ।

साथै ट्रम्प राष्ट्रपति हुदा कर छली गरेको भन्दै उनी विरुद्ध अपराधिक मामिलाको अपनी अहिले छानबिन भएको बताइएको छ । यसैबीच आफ्नो राष्ट्रपतिको कार्यकाल सकिएपछि ट्रम्पले अहिले आफ्नो पारिवारिक कारोबारमा हेरफेर गर्ने तयारीमा जुटेको बताइएको छ ।

त्यस्तै ट्रम्पले अब आफ्नो कार्यकालपछि आफ्नो संस्मरण लेखेर राम्रो पैसा कमाउन सक्ने ब्लूमबर्गले उल्लेख गरेको छ । २००४ मा विल क्लिन्टनले लेखेको संस्मरणबाट १.५ करोड डलर कमाई गरेका थिए भने बराक ओबामा र मिचेल ओबामाले लेखेको संस्मरणबाट साढे ६ करोड डलर कमाई गरेका थिए ।

ब्लूमबर्गले ट्रम्पले संस्मरणबाट ओबामाले भन्दा पनि बढी पैसा कमाउन सक्ने बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै