• २०८१ बैशाख १६ आइतबार

लगातार दोस्रो राज्यमा ट्रम्प विजयी

kharibot

वाशिंटन । अमेरिकाको राष्ट्रपतीय निर्वाचनअघि रिपब्लिकन र डेमोक्रेटिक पार्टीको उम्मेदवारीका लागि चुनाव भइरहेको छ । यसैबीच, रिपब्लिकन पार्टीका तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायर राज्यको चुनाव जितेका छन्।

ट्रम्पले ५४.५ प्रतिशत भोट प्राप्त गरेका छन् भने अर्की प्रतिष्पर्धी निक्की हेलीले ४३.५ प्रतिशत मत पाएकी छिन् । 

न्यु ह्याम्पशायर राज्यमा चुनाव अघि हेली बलियो मानिएको थियो । तर ट्रम्पले बलियो मानिएकी हेलीलाई पराजित गरेर रिपब्लिकनबाट उम्मेदवार बन्ने बाटोमा अगाडी बढेका छन् ।

हारपछि हेलीले प्रतिष्पर्धबाट पछि नहट्ने बताएकी छन् । हेलीले यो लडाई नसकिएको बताउदै दर्जनौं राज्यमा चुनाव हुन बाँकी रहेको र आफु लड्ने बताएकी छन् । अब फेब्रुअरी २४ मा दक्षिण क्यारोलिनामा चुनाव हुदै छ ।

यसअघि आयोवा राज्यमा भएको निर्वाचनमा पनि ट्रम्प विजयी भएका थिए । यसपछि विवेक रामास्वामी र रोन डी-सेन्टिसले चुनाव नलड्ने निर्णय गर्दै ट्रम्पलाई समर्थन गर्ने निर्णय गरेका थिए ।

यसै वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यसअघि रिपब्लिकन र डेमोक्रेटिक दुवै दल यस निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन व्यस्त रहेछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै