• २०८१ बैशाख १६ आइतबार

राष्ट्रपतिको दौडबाट डेसेन्टिसपनि बाहिरिए, ट्रम्पलाई समर्थन

kharibot

वाशिंगटन । अमेरिकी राष्ट्रपति निर्वाचनमा हाल रिपब्लिकन पार्टीको उम्मेदवार छनौट प्रक्रिया हालै शुरु भएको छ । उम्मेदार छनौटको प्रक्रियाको शुरुवातमा नै यसअघि उम्मेदार बन्ने घोषणा गरेका उम्मेदवारहरुले मैदान छोड्न थालेका छन् । 

पछिल्लो पटक फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेका छन् । उनले आइतबार निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् । यससँगै डेसेन्टिसले चुनावमा ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

डेसेन्टिसले भने- 'म र ट्रम्पबीच कोरोना र प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फोसी जस्ता धेरै मुद्दाहरूमा मतभिन्नता भएको छ । तर अझै पनि उहाँ जो बाइडेन न्दा राम्रो हुनुहुन्छ । त्यसैले मैले उहाँलाई समर्थन गर्ने निर्णय गरेको छु । म निक्की हेलीलाई समर्थन गर्न सक्दिन किनभने उनको विचारधाराहरू पुराना रिपब्लिकन नेताहरू जस्तै छन् । उनीसँग देशका लागि नयाँ केही छैन ।'

डेस्यान्टिसको फिर्ता पछि, अब रिपब्लिकन पार्टीमा ट्रम्प र हेलीबीच प्रत्यक्ष प्रतिष्पर्धा हुने देखिएको छ । 

यसअघि जनवरी १६ मा अमेरिकी राज्य आयोवामा भएको रिपब्लिकन पार्टीको चुनावमा ट्रम्प विजयी भएका थिए । सो चुनावमा डि-सेन्टिसले २१ प्रतिशत मत प्राप्त गर्दै दोस्रो र १९ प्रतिशत मतका साथ हेली तेस्रो भएका थिए ।

सो चुनावमा चौथो स्थानमा रहेका भारतीय मूलका विवेक रामास्वामीले नतिजा आएपछि नै प्रतिष्पर्धाबाट बाहिरिएका थिए ।

रोन डेसेन्टिस अमेरिकी राज्य फ्लोरिडाका गभर्नर हुन् । ४४ वर्षीय डी-सेन्टिस एलजीबिटीक्यू, गर्भपतन, जातीय भेदभाव जस्ता धेरै मुद्दाहरूमा आफ्नो विचारका कारण विवादमा परेका छन् । उनलाई डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनको सबैभन्दा ठूलो प्रतिद्वन्द्वीका रुपमा हेरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै