• २०८१ बैशाख २५ मंगलबार

जेलमा फुटबल खेल्दै रोनाल्डिन्होले गरे ५ गोल, ६ असिस्ट

kharibot

काठमाडौँ । पराग्वेमा हिरासतमा रहेका ब्राजिलका फुटबलर रोनाल्डिन्होले जेलमा हुने एक फुटबल प्रतियोगिता जितेर १६ किलोको विशेष प्रकारको सुँगुरको मासु पुरस्कार पाएका छन् ।

मिडिया रिपोर्टका अनुसार ५ ए साइड फुटबल प्रतियोगितामा रोनाल्डिन्होको टिमले जित हासिल गरेको थियो ।

पराग्वेका मिडियामा सार्वजनिक तस्बीरमा रोनाल्डिन्हो फुटबल खेलिरहेको देखिन्छ । सो खेल बार्सिलोना र एसी मिलानका पुर्वस्टार रोनाल्डिन्होको टिमले ११-२ ले जितेको थियो भने रोनाल्डिन्होले ५ गोल गरेका थिए । रोनाल्डिन्होले बाँकी ६ गोल असिस्ट समेत गरेका थिए । 

नक्कली पासपोर्ट प्रकरणमा हिरासतमा रहेका रोनाल्डिन्होले सो प्रतियोगिता जितेसँगै १६ किलोको विशेष प्रकारको सुँगुरको मासु पुरस्कार पाएका छन् ।

ब्राजिललाई २००२ मा विश्वकप जिताएका ३९ बर्षिय रोनाल्डिन्हो जेलमा रहदा पनि फुटबल खेल्न नछोडेको भन्दै पराग्वेमा चर्चाको विषय बनेको छ ।

आफ्ना दाजुसँग केहि साता अघि पराग्वेमा नक्कली पासपोर्ट प्रकरणमा हिरासतमा रहेका रहेका रोनाल्डिन्होले आफु नक्कली पासपोर्टमा यात्रा गरेको जानकारी नभएको अदालतमा बताएपनि अदालतले भने उनको सो दलिल अस्विकार गरेको छ । अदालतले उनी नक्कली पासपोर्टमा यात्रा गर्दै छन् भन्ने उनलाई थाहा छैन भने उनी मुर्ख हुन भनेको छ ।

जेलमा रहेका रोनाल्डिन्होको अहिले महामारी बनेको कोरोनाको समेत टेस्ट गरिएको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै